फेवाताल वरपर सयौं स्तम्भ

फेवाताल वरपर सयौं स्तम्भ

पर्यटकीय नगरी पोखराको ‘फेवाताल घर’ मा धमाधम सीमा स्तम्भ गाड्न थालिएको छ ।

फेवाताल संरक्षणका निम्ति सर्वोच्च अदालतको दिएको परमादेशअनुरुप पोखरा महानगरपालिकासहित प्रदेश र संघ सरकारको संयुक्त पहलमा ताल घरमा स्तम्भ गाड्ने काम तीव्र रुपमा भइरहेको छ । 

गत जेठ १७ गतेदेखि शुरु गरिएको उक्त कार्यअन्तर्गत हालसम्म तीन सय ६० पिल्लर गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए । सीमा स्तम्भ गाड्ने काममा सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । 

सुवेदीका अनुसार फेवातालको ६.३४३ वर्ग किलोमिटर (९१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) क्षेत्रफलको चार किल्लामा एक हजार ५५ वटा पोल गाडिनेछ । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउने विश्वास लिइएको छ ।

टिप्पणीहरू