पत्रकारहरुमाथि निकिताले हालेको मुद्दा उतैबाट स्थगित
सहकारी ठगीको अभियोगमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पत्रकारहरुमाथि दायर गरेको मुद्दामा आजका निम्ति तोकिएको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलास नम्बर २३ मा पेशी चढेको मुद्दा उनकै कानुन व्यवसायीबाट स्थगित गराइएको हो ।
भरत जङ्गम अध्यक्ष र निकिता उपाध्यक्ष रहेकोे साइ स्वागत सहकारी घोटालावारे समाचार प्रकाशन गरेवापत जनआस्था सम्पादक किशोर श्रेष्ठसहित कान्तिपुर, नागरिक,अर्थसरोकार, अनलाइनखबरलगायतका सञ्चारमाध्यमलाई विपक्षी बनाउँदै उनले २०८० चैत २३ गते लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी थिइन् ।
०८०–सि ४–३८९० दर्ता नम्बर भएको मुद्दा पाँचपटक पेशी चढेको छ । श्रीमान सहकारी ठगीको अभियोगमा जेलमा भएको अवस्थामा उक्त मुद्दा हारे नराम्रो सन्देश जाने भन्ठानेर पेशी स्थगित गराइएको स्रोत बताउँछ । ‘श्रीमान कारागारमा छन् । उता,वीरगञ्जमा पनि मुद्दा दायर भएको छ । यता, हारियो भने बाहिर नराम्रो म्यासेज जान्छ भनेर उनीहरु आफैंले मुद्दा स्थगित गराएका हुन्’,स्रोतले भन्यो ।


टिप्पणीहरू