‘मन्त्रीको जिल्लामा बजेटको खोलो बगाएर लुटधन्दा चलाइयो’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको प्रभावकारी कार्यन्वयनमा एकात्मक मानसिकता बाधक रहेको बताएका छन् ।
संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२-८३ को सन्दर्भमा आज काठमाडौं आयोजित कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् । संघीय सरकारमा बसेकाहरुमा एकारात्मक मानसिकता रहेको र यसले संघीयताप्रति आमरुपमा बितृष्णा पैसा गराएको उपेन्द्रको भनाइ छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप नरहेको पनि उनले बताए । पूर्व उप प्रधानमन्त्रीसमेत रहेका उपेन्द्रले मन्त्री र सत्तारुढ दलका शक्तिशाली नेताको आफ्नो निर्वाचन क्षेत्रमा बजेट थुपारेर अन्याय गरेको भन्दै आक्रोशसमेत पोखेका छन्।
‘मैले बजेट हेरेँ । जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट छ । अल्लि दुब्लो पातलो मन्त्री भएकोमा अल्लि कम बजेट । सांसद पनि सत्तारुढवालालाई अलि बढी, बाँकीलाई त छैन’, उपेन्द्रले भने, ‘यो न्यायोचित हो त ? प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट । भूपू प्रमको जिल्लामा बजेट नै बजेट । तर अरु ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन । यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैती नै हो ।’
उनले यस्तो असन्तुलित बजेट ल्याएर लुट धन्दा चलाउने प्रचलन बन्द हुनुपर्नेमा जोड दिए ।
टिप्पणीहरू