गुप्तचरमा व्यापक सरुवा

राष्ट्रिय अनुसन्धान विभागले एसपीहरुको सरुवा गरेको छ । भक्तपुरका टेकराज तिम्सिनाबाहेक अरु सबैजसोको सरुवा गरिएको छ ।
प्राप्त विवरणअनुसार विभागका मुख्य निर्देशक हुतराज थापाको सचिवालयमा रहेका राजनप्रसाद सापकोटा मोरङ पुगेका छन् । प्रकाश आचार्यलाई रुपन्देही र पोखराका सुरेश तिवारीलाई चितवन लगिएको छ ।
धादिङका नगेन्द्र गिरीलाई बागलुङ सरुवा गरिएको छ । गिरी यसअघि बागलुङबाटै धादिङ आएका थिए । एआईजी ओम जोशीका साला पवन जोशीलाई बर्दियाबाट गोरखा र रुपन्देहीका हरिश विष्टलाई बाँके लगिएको छ।
मकवानपुरका प्रज्वल खड्कालाई पश्चिम नवलपरासी सरुवा गरिएको छ । खड्का भीम रावलका भानिज हुन् । धुलिखेलमा रहेका शेरजंगबहादुर चन्दलाई विभागमा ल्याइएको छ । एसपीको सरुवापछि विभागमा डिएसपीहरुको होमवर्क भइरहेको स्रोतले बतायो ।
टिप्पणीहरू