काठमाडौं कब्जा

काठमाडौं कब्जा

जेठ १५ गते ‘काठमाडौं कब्जा गर्न’ प्रधानमन्त्री केपी शर्मा ओलीको आदेश आएपछि एमाले कार्यकर्ता अलमलमा परेका छन् । किनभने काठमाडौं यतिबेला एमालेको कब्जामा छैन । काठमाडौं महानगरपालिका बालेन साहको कब्जामा छ । काठमाडौंबाट संसदको सिट जम्मै रास्वपा र कांग्रेसको कब्जामा छ । अधिकांश वडा कांग्रेसको कब्जामा छ । यस्तो अवस्थामा ‘काठमाडौं कब्जा गर्नू’ भनेर आदेश आएपछि कार्यकर्तालाई अलमल हुनु स्वाभाविकै हो । अब सिंहदरवारै कब्जा गरौं भने सिंहदरवार पहिल्यैदेखि ओलीको कब्जामा छ । 

एमालेको अध्यक्ष कमरेड ओली जो हुनुहुन्छ, उहाँ एमालेको अध्यक्ष मात्र होइन, देशको प्रधानमन्त्री पनि हुनुहुन्छ । अतः उहाँले आदेश दिनुपर्ने त कि पुलिसलाई हो, कि सेनालाई हो । तर सेना र पुलिस दुबैलाई आदेश नदिइकन किन कार्यकर्तालाई दिनुभयो ? के सेना र पुलिसप्रति उहाँको विश्वास छैन ? कि सेना र पुलिसले उहाँको आदेशलाई अस्वीकार गरे ? यदि १५ गते देशमा कुनै अनिष्ट हुँदैछ भने त्यसलाई रोक्ने पहिलो दायित्व त सेना र प्रहरीको होला नि । तर, कमरेड ओली सेना र प्रहरीलाई बाइपास गर्दै कार्यकर्तातिर पुग्दैहुनुहुन्छ । यसमा पनि कुनै कारण त होला नि ! के कारण होला ? 

 

टिप्पणीहरू