विज्ञहरु चीन फर्कने क्रम जारी, यिनले पनि छाडे अमेरिकी जिम्मेवारी

अमेरिकासङ्गको पछिल्लो तिक्तताका कारण धेरै विदेशी विज्ञले पुर्ख्यौली थलो फर्कने निर्णय गरेका छन् । यो क्रम सबैभन्दा बढी चिनियाँ वैज्ञानिक, चिकित्सक र विज्ञमा लागु भएको छ ।
पछिल्लो पटक अमेरिकी सरकारी निकायमा रहेका वरिष्ठ बायोलोजिस्ट लु वेइको चीन यात्राले नयाँ सन्देश दिएको छ । हङकङको साउथ चाइना मर्निङ पोष्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विश्वविद्यालयलाई उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेपछि लुले चीन फर्कने निधो गरेका हुन् ।
प्रोफेसर लु युएस नेशनल इन्ष्टिच्युट अफ हेल्थमा वरिष्ठ अनुसन्धानकर्ता थिए । उताको अनुसन्धान छाडेर उनी सेन्जेन मेडिकल एकेडेमी अफ रिसर्च एण्ड ट्रान्सलेसन (स्मार्ट) सँग पूर्णकालीन कर्मचारीको रुपमा आवद्ध भइसकेका छन् ।
स्मार्टका अध्यक्ष यान निङले भनेका छन्, ‘आधिकारिक रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालभन्दा धेरैअघि सेन्जेन आउन सहमत भएका थिए । उनको अनुसन्धान क्षेत्र निकै आकर्षक मानिन्छ ।’
टिप्पणीहरू