कोशीमा बगेका सशस्त्रका दुई जवानमध्ये एकको शव फेला

कोशीमा बगेका सशस्त्रका दुई जवानमध्ये एकको शव फेला

कोशी नदीमा हिजो बगेका सशस्त्र प्रहरी बलका दुई जनामध्ये एक जना जवानको शव फेला परेको छ । सप्तरीतर्फको किनारमा स्थानीय माछा मारिरहेका व्यक्तिले शव देखेपछि सशस्त्रलाई खबर गरेका हुन् । हिजो बगेकामध्ये सशस्त्र प्रहरी जवान हरदे राजवंशीको शव भेटिएको हो ।

मनसुनजन्य विपद्को पूर्वतयारीका लागि तालिमरत दुई सशस्त्र प्रहरी जवान हिजो कोशी नदीमा बेपत्ता भएका हुन् । सशस्त्रको नम्बर १ गण इलाममा दरबन्दी भई सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा कार्यरत जवान हरिदेव राजवंशी र नम्बर १३ गण पर्सामा दरबन्दी भई नम्बर २ गण छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद बेपत्ता भएका थिए ।

मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले भोलिदेखि ‘मनसुनजन्य विपद्को पूर्वतयारीस्वरुप प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यास’ कार्यक्रमको आयोजना गर्दैछ ।

त्यसका लागि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा रहेको नम्बर ६ गणका गणपति उपरीक्षक ज्ञानमणि पौडेलको कमाण्डमा १७ जना, दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट प्रहरी नायव उपरीक्षक गणेश दाहालको कमाण्डमा २३ जना र नम्बर ७ गणबाट प्रहरी सहायक निरीक्षक सोमदेव यादवको कमाण्डमा १६ गरी ५६ जनाले संयुक्त अभ्यास गरिरहेका थिए । सोही क्रममा उनीहरु कोशीमा बगेका हुन् ।

टिप्पणीहरू