एसबिआईको संस्थागत सामाजिक उत्तरदायित्व वहन, स्मार्ट बोर्डदेखि खेलकुद सामाग्री प्रदान

नेपाल एसबिआई बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४, मनौरामा रहेको राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको सहजताका लागि बैंकले स्मार्ट बोर्ड सहयोगस्वरुप प्रदान गरेको हो । बैंकका अनुसार खेलकुदका सामग्रीहरु पनि हस्तान्तरण गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा बैंकका उच्च पदस्थ पदाधिकारी तथा शिक्षकहरु सहभागी भएका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गयत शिक्षा क्षेत्रमा यस किसिमको सहयोग गर्दै आएको छ ।
टिप्पणीहरू