गिद्ध ठोक्किएपछि इण्डिगोको विमान आकस्मिक अवतरण
इण्डिगो एअरलाइन्सको उडिरहेको एउटा विमान भारतमा आकस्मिक अवतरण गरिएको छ । पटनाबाट कलकत्तातर्फ गइरहेको विमानमा ४ हजार मीटर माथिको उचाइमा चरा ठोक्किएपछि राँची विमानस्थलमा आकस्मिक अवतरण गरिएको बताइन्छ ।
१७५ जना यात्रु रहेको विमानमा गिद्ध ठोक्किएको पुष्टि भएको छ । दिउँसो साढे १ बजेको समयमा चरा ठोक्किएको खबर पाइलटले गरेपछि विमानस्थलको एअर ट्राफिक कन्ट्रोलरले आकस्मिक अवतरणका लागि तैयारी गरेका थिए ।
विमानको गिद्ध ठोक्किएको भागमा क्षति पुगेको छ ।
टिप्पणीहरू