मनसुन भित्रिएसँगै बाढी पहिरो शुरु, कोशी प्रदेशमा क्षति

मनसुन भित्रिएसँगै बाढी पहिरो शुरु, कोशी प्रदेशमा क्षति

हिजो रातिदेखि नेपाल प्रवेश गरेको मनसुनले पूर्वमा वितण्डा मच्चाउन थालेको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले कोशी प्रदेशका सडक, डाइभर्सन बगाएको छ ।

प्रहरीका अनुसार धनकुटाको साँघुरीगढी गाउँपालिका ६, फेदीमा लेउती खोलाको बाढीले झण्डै सय मीटर सडक बगाएको छ । 

उता झापामा पनि बाढीले डाइभर्सन बगाएको छ । धुलाबारीमा सडकको डाइभर्सन बगाएको छ भने चारआली–बुट्टाबारी सडकमा क्षति पुगेको छ ।

माइखोलाको बाढीे झापा गाउँपालिका २ को बस्तीमा पसेको छ । दुई दर्जनबढी घर परिवार विस्थापित भएका छन् ।

टिप्पणीहरू