सेनामा भवसागर

पदमा हुँदा कडा अनुशासनमा रहने सेनाका केही उच्चपदस्थ अधिकारीलाई अहिले भ्याइनभ्याई छ । सन्तोष ढकालको नेतृत्वमा भूतपूर्व कर्णेलदेखि दुई तारे जर्नेलसम्म सम्मिलित छन् । यो समूहले निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मा र अशोक सिग्देलविरुद्ध कानुनीदेखि व्यक्तिगत आक्रमणसम्मको तयारी गरिरहेको बुझिन्छ । यसका निम्ति कानुन व्यवसायीसँगको भेटघाटलाई अघि बढाइएको कागजातलगायत प्रमाण संकलनमा जुटिरहेको थाहा लागेको छ । ढकालले चिफ हुन्छु भन्दै हिड्ने गरेका थिए । ५८ औं र ५९ बेसिकका अधिकृतहरूलाई सोही अनुसार ग्रुमिङ् पनि गरे । जब जब नयाँ सेनापतिको लाइन क्लियर गर्ने बेला हुन्छ, त्यस्तै बेला षड्यन्त्रको शृङ्खला शुरु हुने गरेको छ । अबको पालो अनुपजंग थापा र मधुकर कार्कीको हो । अहिलेका सेनापतिलाई जन्म मिति सच्याएर जागिर खाएको, आरोप लागेको थियो ।
बृहत् शान्ति सम्झौतापछि माओवादी सत्तामा पुगेको बेला दुई जर्नेलको चर्चा खुबै चुलिएको थियो । ती हुन् कुमार फुदुङ र कुलबहादुर खडका । २०६१ साल ताका महाकाली अपरेशनमा खटिएको टोलीलाई एम्यीनिशन (गोली) को अभाव भएपछि उल्टै माओवादी लडाकु क्याम्पमा खसाल्ने काम भएको थियो । त्यसबखत डोटी, कालिकोट र डडेलधुरा जिल्लाको सीमा क्षेत्रमा अवस्थित सैनिक क्याम्पमा गोलाबारुद लागेको खबर हेडक्वार्टरमा खबर पठाइएको थियो । त्यसबेला भ्रमबंश गल्ती भएको घटनाका रूपमा यस प्रकरणलाई लिइए पनि बृहत् शान्ति सम्झौतापछि यी दुवै जर्नेललाई माओवादीले काखी च्यापेपछि यस्तो आशंका सही भएको दावी गरिन्छ । खड्कालाई त माओवादीले प्रधानसेनापति नै बनायो । फुदुङ भने माओवादीका तर्फबाट सांसद बनाइए । रसुवाको बाटो बनाउँदा सम्भार रथी थिए, त्यसबेला खुबै कमाउने जर्नेलका रूपमा चिनिए ।
सैनिक समरी अदालतमा मुद्दा खेपिरहेका दुई लेफ्टिनेट कर्णेल मध्ये एक जनालाई हिरासतबाहिर र अर्का एक जनालाई थुनेर छानबिन भइरहेको छ । छानबिनका दायरामा रहेका प्रमुख सेनानी रमेश खडका हुन् भने हिरासतभित्रै छानबिन भइरहेका दिनेश खडकाको नामले चिनिन्छन् ।
रमेश खड्काविरुद्ध द्वन्द्वग्रस्त मध्यअफ्रिकी देश कारमा लापरवाही गरी हतियार लुटाएको आरोप छ भने दिनेशलाई चैं सिरियामा हतियार लुटाएको अभियोग लगाइएको छ । रमेश महिन्द्र दलका गणपति थिए । उनीविरुद्ध गस्तीमा जानुपर्ने कमाण्डर नगईकन नयाँ पदिक (जेसीओ) अर्थात् जमदारलाई पठाइएको, पोष्टपतिको अदलीबदली गर्नुपर्ने प्रावधानमा लापरवाही गर्दा विद्रोहीबाट हतियार लुटाएको आरोप छ । यस घटनामा कसै कसैको जागिरै नगए पनि प्रमोशन रोक्का, ग्रेड घटुवालगायतका कारवाही हुने सम्भावना रहेको बताइन्छ ।
खड्कासँगै कारवाही भोग्नेमा ४१ बेसिका मेजर खगेन्द्र न्यौपाने, क्याप्टेन आर्याजुन श्रेष्ठ, रहेका छन् । यी अधिकृतलाई छुट्टाछुट्टै व्यारेकमा थुनिएको छ ।
सिरियामा स्थीर सरकार नभएकाले अहिलेसम्म लुटेको हतियार फिर्ता गरिएका छैनन् ।
टिप्पणीहरू