पूर्व राष्ट्रपतिसँगै को-को पुगे चीन ?

पूर्व राष्ट्रपतिसँगै को-को पुगे चीन ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकछिन अगाडि बेइजिङ्ग पुग्नुभएको छ । गए राति पौने १२ बजे काठमाडौंबाट चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सिजेड ३०६८ मा १५ जनाको टोलीसहित उहाँ ग्वाङ्झौ हुँदै बेइजिङ जानुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्छाओको निमन्त्रणामा जानुभएका पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ,एमाले केन्द्रीय सदस्य तथा उद्योग मन्त्री दामोदर भण्डारी,एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई टोली सदस्य बनाइएको छ ।

त्यस्तै एमाले केन्द्रीय सल्लाहकार तथा अखिल महिला संघकी अध्यक्ष गोमा देवकोटा,एमाले सांसद तथा डिसहोम अध्यक्ष देवीप्रसाद भट्टचन,स्व.मदन भण्डारीका कान्छा भाइ तथा नेपाल अर्थोपेडिक अस्पतालका निर्देशक कैलाशकुमार भण्डारी,पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपति हुँदाका स्वकीय सचिव डा. भेषराज अधिकारी र मदन भण्डारी फाउण्डेसनका कार्यकारी सदस्य विनय केसी पनि हिजो राति चीन गएका छन् ।

टोलीका अन्य सदस्यमा सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिष्ट्रार राजेश प्रसाईं,नेपाल–चाइना फ्रेण्डसिप फोरमका संयोजक कल्याणराज शर्मा,नेपाल टेलिभिजनका क्यामेरा पर्सन टेकबहादुर खड्का, नेपाली सेनाका क्याप्टेन मधु शाह र निजी सुरक्षाका लागि सरस्वती जिरेल छन् ।

टिप्पणीहरू