परराष्ट्रमन्त्री उतै हुँदा नेपालवारे नराम्रो खबर भाइरल

परराष्ट्रमन्त्री उतै हुँदा नेपालवारे नराम्रो खबर भाइरल

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा टोक्योमा रहेकै बखत जापान डेलीमा नेपालको खराब आर्थिक अवस्थाबारे समाचार प्रकाशित भएको छ । आगामी शनिबार आयोजना गर्न लागिएको नेपालको राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम एकाएक रध्द गरिएको छ । 

आर्थिक अभाव देखाउँदै ओसाका एक्सपो २०२५ मा आयोजना गर्न लागिएको गणतन्त्र दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम रोकिएको जापान डेलीले प्रकाशित गरेको छ । आर्थिक अभावका कारण बेलैमा कार्यक्रमस्थल बनाउन नसकिएकाले कार्यक्रम रोकिएको हो ।

टोक्योस्थित नेपाली दूतावासको लाचारी र गैरजिम्मेवारपूर्ण कार्यबाट एक्सपो आयोजक, कार्यक्रमस्थल तयारीमा जुटेका संघ संस्थाहरु निराश बनेको समाचारमा उल्लेख छ । उनीहरुले नेपालले नयाँ उपाय अवलम्बन गरेर भएपनि आफ्नो राष्ट्रिय दिवससँग जोडिएको कार्यक्रम सम्पन्न गर्ने विश्वास जापानीहरुले लिएका छन् ।

मन्त्री राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ जापानमा रहेकै बखत यस्तो समाचार प्रकाशित भएको हो ।

टिप्पणीहरू