प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी थापा
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयले नायव महानिरीक्षक (डिआईजी) दिनेशकुमार आचार्यको सट्टा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएको छ ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न उनलाई प्रवक्ता तोकिएको प्रहरी मुख्यालयको भनाइ छ ।
टिप्पणीहरू