आफ्नै घरमा एकल महिला असुरक्षित
सांकेतिक तस्विर
घटनास्थलबाट ५० मीटरको दूरीमा पनि नहोला प्रहरी बिट । त्यसैको नजिकै मारिएकी छन् पूर्व प्रहरी हवल्दार सीता कँडेल । दुई हप्ता नाघिसक्यो, प्रहरी हत्याराको नजिक नजिक पुगेको दावी गर्छ तर संलग्न कसैको दसी प्रमाण फेला पर्न सकेको छैन ।
गत चैत ३१ गते सीता आफ्नै घरभित्र निर्ममतापूर्वक मारिएको अवस्थामा भेटिएकी थिइन् । दशाैँ वर्षपहिले हाल बेंसीशहर–९ दिहीथोकमा एक पुरुषले श्रीमतीलाई चोक्टाचोक्टा पारी काटेर गोबर ग्यासको च्याम्बरमा मिल्काई फरार भएको घटनाका अभियुक्त मात्रै हैनन्, सुन्दरबजार–७ पाउँदीनजिकै तीन/चार वर्षअघि मात्रै एकल महिलालाई बञ्चरो प्रहार गरी गरिएको हत्याका अभियुक्तको आजसम्म कुनै खोजतलास हुन सकेको छैन । जसले गर्दा उस्तै प्रकृतिको यो हत्याकाण्डको दोषीलाई पनि प्रहरीले पक्राउ गर्न सक्दैन कि भन्ने शंका छ ।
चैत्र २७ गते ४ बजेर १ मीनेट जाँदा अष्ट्रेलियामा भएका छोरा अविनाश र बुहारीसँग सीताको गफगाफ भएको थियो । सात बजेतिर प्रहरी निरीक्षकसमेत रहेका मामाको छोरा विनोद बोहराले गर्दा घण्टी जाने तर फोन नउठ्ने भो । दुई/तीन दिन नै आमा सम्पर्कमा नभएपछि अविनाशले छिमेकी मामा शम्भु देउजालाई फोन गरी जानकारी गराए । नजिकैको बिटलाई जानकारी गराएसँगै दुई जना प्रहरीसहित शम्भु पुनः सीताको घरमा पुगे । डिएसपी रेशम बोहोराकै कमाण्डमा खटिएको टोलीले ढोका फोरी हेर्दा बक्स पलङभित्र त्रिपालले बेरिएको अवस्थामा बेखबर बनेको चार दिनपछि सीताको लाश भेटिएको थियो ।
लाश भेटिएको दुई हप्तापछि आमा वर्ष ७१ की पार्वती धिताल खत्री (मोबाइल नम्बर ९८४६७३०४०२) ले कर्तव्य ज्यानसम्बन्धी कसुरमा चितवन जिल्ला साबिक बछौली गाविस–१ हाल रत्ननगर नपा–६ घर भएका ना.प्र.नं. २०९, वर्ष ४७ को बुद्धिराम दराईविरुद्ध वैशाख १२ गते किटानी जाहेरी हालेकी छन् । सीता कँडेलको ३० वर्षअगाडि बेसीशहर न.पा वडा नं. २ बस्ने शिवेन्द्र कँडेलसँग प्रेम सम्बन्ध भई एक छोराको जायजन्म भए तापनि बीचमा सम्बन्ध कहिल्यै राम्रो भएन । उनी छोराको पालनपोषण गर्दै एक्लै बस्दै आएकी थिइन् ।
– अञ्जनकुमार
टिप्पणीहरू