जित्ने एमाले, दिनरात बित्ने अरु

जित्ने एमाले, दिनरात बित्ने अरु

रौतहट जिल्लाका केही स्थानीय प्रमुख तथा उपप्रमुखहरू पद धरापमा नपरोस् भन्नका लागि मात्र एमालेमा बसिरहेको गुनासो बढ्दो छ । एमालेको सूर्य चिह्नबाट जितेकाहरू देखाउनका लागि मात्र एमाले, बाहिर–बाहिर अन्य पार्टीलाई सहयोग गर्दै हिँड्ने गरेको कार्यकर्ताले गुनासो गरेका छन् ।

कुनै बेला प्रभु साहनिकट मानिएका देवाही गोनाई नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहले एमालेबाट चुनाव जितेका थिए । नगर प्रमुख पद नै धरापमा पर्ने देखेर प्रभुसँगै आमजनता पार्टीमा नगई यतै बसेका छन् । बाहिर–बाहिर एमालेकै नगरप्रमुख हुँ भन्दै हिँड्ने साह पछिल्लो समय माधव नेपालनिकट हुँदै गएको एमालेका कार्यकर्ता बताउँछन् । 

यता, सोही पालिकाकी उपप्रमुख परनिया देवीले समेत भित्रभित्र प्रभु साहको आमजनता पार्टीलाई सहयोग गर्दै आएको अवस्था छ । प्रभु शाहकै नजिक भएका कारण तीनवटा पालिका देवाही गोनाही, मौलापुर र गरुडा नगरपालिकामा एमालेले चुनाव जितेको थियो । तर, त्यहाँका प्रमुखहरू यतिबेला अन्य पार्टीनजिक हुँदै गएका छन्् । मौलापुर नगरपालिकाकी नगरप्रमुख उनकै श्रीमती हुन् । 
 

टिप्पणीहरू