महानगरका अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

महानगरका अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गत चैत ७ गते उनलाई २५ हजार रुपैयाँ घुससहित पक्रेको थियो । अनुसन्धानको क्रममा गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने आश्वासनमा सेवाग्राहीसँग घुस लिएका थिए । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २५ हजार रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवानाका लागि उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

टिप्पणीहरू