नेपाली दूतावास पहिलो पटक लण्डनबाट धेरै टाढा पुग्यो

नेपाली दूतावास पहिलो पटक लण्डनबाट धेरै टाढा पुग्यो

बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक लण्डनबाट ७२८ किलोमीटर टाढाकोे केमन आइल्याण्डमा मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) प्रदान गरेको छ ।

दूतावासको एक टोलीले अप्रिल १४ मा केमन आइल्याण्डमा बसोबास गर्दै आएका नेपालीलक्षित कन्सुलर सेवा उपलब्ध गराएको छ । सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा सञ्चालित उक्त कार्यक्रममा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण,कागजात प्रमाणीकरण,भिसा तथा अन्य कन्सुलर सेवाहरू प्राप्त गरेको दूतावासले जनाएको छ ।

३० अप्रिल २०२६ भित्र  बहाल अवधि समाप्त हुनेलाई राहदानी नवीकरण गर्न दूतावासले आह्वान गरेको थियो ।

केमन आइल्याण्डमा तीन हजार बढी नेपाली बसोबास गर्छन् । तीमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको बताइन्छ । 

दूतावासले शिविर सफल पार्न सहयोग पुर्याएकामा केमन आइल्याण्डमा बसोबास गर्ने नेपालीहरुप्रति आभार प्रकट गरेको छ । दूतावासले ३० अप्रिलका दिन आयरल्याण्डमा पनि घुम्ती शिविरको तयारी थालेको जनाएको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा उक्त शिविर हुन लागेको हो ।

टिप्पणीहरू