शिक्षकहरुको आन्दोलन माइतीघरमा, बैठक बानेश्वरमा

शिक्षकहरुको आन्दोलन माइतीघरमा, बैठक बानेश्वरमा

आन्दोलनरत शिक्षकहरुको बैठक बस्न लागेको छ । राष्ट्रिय शिक्षक महासंघले दिउँसो सवा ३ बजे नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा राखेको बैठकमा सहभागीहरु पुग्ने क्रम शुरु भएको छ ।

बैठकमा राष्ट्रिय समिति सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिव, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरु उपस्थित हुँदै छन् ।

यता माइतीघरमा आज पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । मध्यान्ह साढे १२ बजेदेखि शुरु भएको प्रदर्शन नयाँ बानेश्वर नजिकै पुगेर कोणसभामा परिणत भएको छ । प्रदर्शनकारीले ‘शिक्षक ऐन जारी गर, शिक्षा कर्मचारी एकता जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ’ नारा लगाएका छन् ।
 

टिप्पणीहरू