उत्कृष्ट सूचना अधिकारीको खोजी
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा कार्यरत सूचना अधिकारीलाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक निकायमा कार्यरत सूचना अधिकृतहरुमध्ये आयोगले उत्कृष्टलाई पुरस्कार प्रदान गर्न उत्कृष्टको खोजी भएको हो ।
संविधानले प्रत्याभूत गरेको हकबमोजिम सार्वजनिक सरोकारका विषय भएको सूचना सहज र सरल रुपमा आम जनसमुदाय वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने सूचना अधिकारीलाई पुरस्कार प्रदान गरिने जनाइएको छ । पुरस्कारका निम्ति योग्य सूचना अधिकारीको नाम सिफारिस गरी पठाउन सम्बन्धित कार्यालय प्रमुखलाई आयोगले आग्रह गरेको छ ।
टिप्पणीहरू