रवि लामिछानेले ओली र देउवासँग सम्झौता गरेको जिकिर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्काशित महामन्त्री डा. मुकुल ढकालले सहकारी काण्डमा उन्मुक्ति पाउन रवि लामिछानेले सत्तासँग सम्झौता गरेको दाबी गरेका छन् ।
लामिछानेले आफ्नो मुद्दा कम्जोर बनाउन र राजावादी शक्तिको ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्झौता गरेको उनको आरोप छ ।
रुपन्देही जिल्ला अदालतले मागेको एक करोड धरौटी खारेजीको मागसहित आज उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका लामिछानेले पूर्व राजाको स्वागत कार्यक्रमको प्रसंगमा भनेका थिए, ‘त्यो हुल पनि जनताकै हुल हो, यसबारे सरकारले जवाफ दिनुपर्छ ।’
सोही सन्दर्भ कोट्याउँदै ढकालले ओली, देउवा र लामिछानेबीच सम्झौता भएको जिकिर गरेका हुन् ।
‘रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरेछन्, मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरी आफूँतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ’, उनले भनेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो ।’
टिप्पणीहरू