ज्ञानेन्द्र बोलेपछि हौसिएको राप्रपाले भण्डाफोर गर्ने
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यले उत्साहित बनेको राजेन्द्र लिङ्गदेन नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ ।
सो पार्टीले कोशीबाहेक ६ वटा प्रदेशमा भण्डाफोर सभा गर्ने घोषणा गरेको हो । महामन्त्री राजेन्द्र गुरुङले आज विज्ञप्ति जारी गर्दै प्रदेशस्तरीय भण्डाफोर सभाको मिति र स्थानबारे जानकारी गराएका छन् ।
सअनुसार गण्डकी प्रदेशको सभा फागुन ९ गते पोखरामा गर्नेगरी तय भएको छ भने लुम्बिनीको फागुन १७ गते बुटवलमा तोकिएको छ । सुदूरपश्चिम प्रदेशको फागुन १८ धनगढीमा र मधेशको फागुन २१ गते जनकपुरमा कार्यक्रम राखिएको छ ।
फागुन २५ गते काठमाडौँमा बागमती प्रदेशस्तरीय भण्डाफोर सभा गर्ने निधो गरेको राप्रपाले कर्णाली प्रदेशको फागुन २७ सुर्खेतमा गर्ने बताएको छ ।
प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै फागुन ६ गते पूर्व राजा ज्ञानेन्द्रले व्यवस्था परिवर्तनका लागि संघर्षमा उत्रिन आह्वान गरेका थिए । पूर्व राजाको भाषणप्रति समर्थन जनाएको राप्रपाले त्यसबारे ठोस र औपचारिक धारणा बनाउन कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
टिप्पणीहरू