शुभकामना आदानप्रदानका लागि उपेन्द्र यादव विदेश जाँदै

शुभकामना आदानप्रदानका लागि उपेन्द्र यादव विदेश जाँदै
सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार जाने कार्यक्रम तय भएको छ । नेपाली समाज कतार, मधेश प्रदेश समन्वय परिषद् कतार र त्यसअन्तर्गत रहेका संघसंगठनको आयोजनामा मनाउन लागिएको होली महोत्सव, रमादान पर्व र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन यादव त्यता जान लागेको निजी सचिवालयले जनाएको छ । 

भोलि दिउँसो ३ बजे एअर इण्डियाको उडानमा भारतको नयाँ दिल्ली हुँदै कतार जाने कार्यक्रम छ । फागुन १२ गते हिमालय एअरलाइन्सको उडानमा दुबई हुँदै स्वदेश फर्कनुअघि कतार र युएईमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने बताइएको छ ।
 

टिप्पणीहरू