परीक्षा फाराम खुलेपछि त्रिविमा विद्यार्थीहरुको धर्ना
कक्षा शुरु भएको तीन महिनामै परीक्षा फाराम खुलाएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुले धर्ना दिएका छन् । स्नातक तह तेस्रो वर्षको प्रयोगात्मक परीक्षा सकिएर चौथो वर्षको कक्षा शुरु भएको तीन महिना नबित्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा फाराम खुलाएकोमा आपत्ति जनाउँदै विद्यार्थीहरुले धर्ना दिएका हुन् ।
राजधानीको त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस र अमृत साइन्स क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आज त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयबाहिर धर्ना दिएका छन् ।
कार्यालयले केही दिनअघि खुलाएको परीक्षा फारामको सूचनाले आफूहरु मानसिक तनावमा परेको उल्लेख गर्दै उनीहरुले परीक्षा फारामको समय तालिका परिमार्जन गरेर असार पहिलो हप्ता परीक्षा हुनेगरी अघि बढ्नुपर्ने माग गरेका छन् ।
टिप्पणीहरू