बार अध्यक्षविरुद्धको मुद्दालाई ‘अग्राधिकरण’

बार अध्यक्षविरुद्धको मुद्दालाई ‘अग्राधिकरण’

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा आज पेशी चढेको छ । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र विनोद शर्माको १ नम्बर इजलासमा मुद्दाको पेशी तोकिएको छ।

पेशी सूचीको ११ नम्बरमा रहेको मुद्दालाई ‘अग्राधिकरण’ दिइएको छ । न्याय परिषद्ले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले गत असोज १४ गते उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । 

‘अफिसर अफ द कोर्ट’को रूपमा रहेका एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले उनलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग प्रतिवेदनमा गरिएको छ ।
 

टिप्पणीहरू