सैन्य टोली राति अफ्रिका उड्यो
संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत कङ्गोमा शान्ति स्थापनार्थ नेपाली सेनाको एउटा टोली त्यता गएको छ । गएराति साढे ९ बजे इथियोपियन एअरलाइन्सको उडान नम्बर ईटी ८७०१ विमान काठमाडौंबाट कङ्गो उडेको बताइन्छ । टोलीको नेतृत्व प्रमुख सेनानी रविन थापाले गरेका छन् ।
उक्त टोली ‘युनाइटेड नेशनल स्टयाबिलाइनेशन मिसन इन डेमोकेट्रिभ रिपब्लिक अफ कङ्गो’ तैनाथीका लागि चण्डी दल गण (शा.से) ३१ औं डफ्फा र भीमकाली गुल्म (शा.से) को छैठौं डफ्फा मिसन फ्लाईटमा मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
टोलीमा चण्डीदल गणका एक सय ३८ र भीमकाली गुल्मका ५० गरेर कुल एक सय ८८ जना छन् । कङ्गोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौजको टोली हिजो बिहान सोही एअरलाइन्सको उडानमा स्वदेश फर्किएको थियो । सेनानी देवेन्द्र खत्रीको कमाण्डमा खटिएका एक सय ९५ जना सैनिक फर्किएकोमा सात जना घर बिदामा आएका थिए ।
टिप्पणीहरू