रविलगायतको थुनछेक बहसमा रुवाबासी

रविलगायतको थुनछेक बहसमा रुवाबासी
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित उपस्थित सात जना प्रतिवादीहरूको पहिलो दिनको थुनछेक बहस सकिएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका उनीहरुविरुद्धको मुद्दामा बयान सकिएपछि आज अपरान्हदेखि थुनछेक बहस शुरु भएको छ ।

न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए । सरकारी वकिलहरुले सहकारी ठगीमा प्रतिवादीहरूको संलग्नता दाबी गर्दै आफ्ना दलिल प्रस्तुत गरेका थिए । 

सरकारी वकिलहरुको बहस सुनेपछि इजलासमा उपस्थित प्रतिवादी कृष्णबहादुर गुरुङ डाँको छाडेर रुन थाले । त्यसपछि उनकै छोरी एमालेकी पूर्व प्रदेश सांसद मीना गुरुङसँगै अरु पनि ग्वाँ ग्वाँ रोएको बाहिरसम्मै सुनिएको थियो । 

सरकारी वकिलहरुको बहस सुनेपछि इजलासमा उपस्थित प्रतिवादी कृष्णबहादुर गुरुङ डाँको छाडेर रुन थाले । त्यसपछि उनकै छोरी एमालेकी पूर्व प्रदेश सांसद मीना गुरुङसँगै अरु पनि ग्वाँ ग्वाँ रोएको बाहिरसम्मै सुनिएको थियो ।

थुनछेक बहस भोलि पनि जारी हुने छ ।

सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका ८० बर्षीय कृष्णबहादुर गुरुङले उठेर धुरुधुरु आँशु खसाल्दै 'अदालतमै आत्महत्या गर्छु' भनेपछि केहीबेर रुवाबासी चलेको हो । 

बिरामीसमेत रहेका गुरुङले इजलासमा मर्ने बताएपछि केहीबेर अवस्था असहज भएको र आजको बहस स्थगित गरिएको बताइएको छ । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा सजाय मागदावी गरिएको छ ।

टिप्पणीहरू