बंगलादेशबाट थप सात जना फिर्ता

बंगलादेशबाट थप सात जना फिर्ता

बंगलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण नेपाली विद्यार्थी स्वदेश फर्किनेक्रम जारी छ । आज थप सात नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । 

सुरेन्द्र पटेल, अभिषेक आचार्य, प्रतिमा घिमिरे, प्रश्मा केसी, रेसम अधिकारी, दुआअलि सिद्धिकी र सिल्पी सलोनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । विमान बाङ्लादेश एयरलाइन्सको उडान नम्बर बिजी-३७१ मा बिहान पौने १२ बजे उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

बंगलादेशमा आरक्षण कोटाविरुद्ध चर्किएको आन्दोलनले उग्ररुप लिएपछि नेपाली विद्यार्थीहरू भटाभट स्वदेश फर्किइरहेका छन् । अहिलेसम्म झन्डै दुई हजार विद्यार्थी स्वदेश फिर्ता भएको बताइएको छ । जसमध्ये अधिकांश ढाकाबाट सिधै काठमाडौँ ओर्लिएका हुन् भने केही भारत हुँदै आएका छन् ।

टिप्पणीहरू