भारतीय र अमेरिकी राजदूत मन्त्रीहरूसँगकाे भेटमा व्यस्त

भारतीय र अमेरिकी राजदूत मन्त्रीहरूसँगकाे भेटमा व्यस्त
सुन्नुहोस्

नेपालका लागि भारतीय र अमेरिकी राजदूतहरु हिजो पनि भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँहरुले बिहान र मध्यान्हको समयमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेर शिष्टाचार भेट गर्नुभएको बताइएको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तव बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुग्नुभएको थियो । मन्त्री देवेन्द्र दाहालसँग राजदूत श्रीवास्तवले बिहान ११ बजेदेखि करिब २० मीनेट छलफल गर्नुभएको बताइएको छ ।

त्यसपछि उहाँ साँढे ११ बजे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग भेट गर्न कानुन, न्याय तथा संसदीय मन्त्रालय पुग्नुभएको हो । उहाँहरुबीच करिब १५ मीनेट कुराकानी भएको थियो ।

त्यसैगरी नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग भेट गर्नुभयो । राजदूत थम्पसन मन्त्री पाण्डेसँग भेटवार्ताको निम्ति हिजो मध्यान्ह सवा १२ बजे सिंहदरबार पुग्नुभएको थियो ।

टिप्पणीहरू