काठमाडौं महानगरको विकास मोडल : पहिले भत्काउने, त्यसपछि अध्ययन
काठमाडौं महानगरपालिका न्युरोडमा फुटपाथ विस्तार गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ । जनप्रतिनिधिसहित स्थानीयको चर्को विरोध भएपछि महानगरले आगामी मंसिर २ गतेसम्मका लागि फुटपाथ विस्तारको कार्य रोकेको छ ।
सो अवधिमा फुटपाथ विस्तारबारे अध्ययन गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘मंसिर २ गतेसम्म न्युरोडमा फुटपाथ विस्तारको काम रोक्ने निर्णय भएको छ । विज्ञ टोलीले फराकिलो फुटपाथ चाहिने–नचाहिने, त्यसबाट हुने राम्रा–नराम्रा पक्षबारे अध्ययन गर्नेछ । त्यहाँको स्थानीयसँग पनि बुझ्छौं । त्यसपछि मात्र कुनै निर्णयमा पुग्न सकिन्छ’, उनले भने ।
उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तार गर्न अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधबारदेखि काम थालेको थियो । फुटपाथ बढाउँदा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा शुक्रबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलन चर्किएपछि महानगर पछि हटेको हो ।
टिप्पणीहरू