नारायणहिटी अगाडि राजावादीहरु उग्र

नारायणहिटी अगाडि राजावादीहरु उग्र फाइल फाेटाे

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी अगाडि धर्ना दिएको छ ।   

'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज अपराह्न नारायणहिटी दरबार संग्रालयको दक्षिण गेटअगाडि सडकमा उनीहरु धर्ना बसेका हुन् । राजतन्त्र जिन्दावाद भन्दै नाराबाजी गरेका धर्नाकारीले राजनीतिक दलका शीर्ष नेताविरुद्ध भने चर्को आक्रोश पोखे । 

उनीहरुले 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'राजतन्त्र जिन्दावाद', 'देश बेच्न पाइंदैन', 'ओली-देउवा-प्रचण्ड मूर्दावाद', 'जनता आऊ, भ्रष्टाचारी नेतालाई जेल हालौँ', 'बिदेशी दलाल होशियार'जस्ता नारा लगाएका थिए । 

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।

टिप्पणीहरू