उपसभामुख राना पदीय मर्यादाबारे मौन
उपसभामुख इन्दिरा रानाले काठमाडौंस्थित अमेरिकी दूतावासलाई असम्बन्धित व्यक्तिलाई भिसाको मिति वर सार्न सरकारी लेटर हेडमा लेखेको पत्रको बचाउ गर्नुभएको छ । उहाँले कुनै गलत नियत नराखी करुणाभावले सहयोग मात्र गर्न खाजेको बताएर सरकारी उच्च ओहोदाको मर्यादाबारे मौन बस्नुभएको छ ।
गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी आफूसहित छ जनालाई भीसा मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उहाँको लिखित धारणा सार्वजनिक भएको हो । उपसभामुख राना पदीय हैसियतको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई सिधै पत्र लेखेपछि विवादमा तानिनुभएको हो ।
उहाँको भनाई छ, ‘हालसम्म पदको दुरुपयोग गरेर कुनै पनि अनैतिक काम गरेको छैन । मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन ।’ तर राज्यको उपल्लो तहमा बसेकाले गर्न हुने र नहुने विषयबारे अनभिज्ञता जनाउँदै करुणाभावलाई अघि सारेर उहाँले आफ्नो विगतको गम्भीर गल्तीमा सहानुभूति लिने प्रयास गरेको देखिन्छ ।
राज्यको सम्मानित पदमा बसेको व्यक्तिले गरेको हस्ताक्षरयुक्त पत्रको भाषाले पनि गरिमामय पदलाई गिज्याएको छ । अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रमा दूतावास उल्लेख छैन । कन्सुलेटलाई लेखिएको पत्रमा काउन्सिलर भनिएको छ । तरपनि उहाँले त्यो पत्र आफैँले लेखेको दाबी गरेपछि उक्त विवाद थप पेचिलो बनेको हो ।
गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी आफूसहित छ जनालाई भीसा मिलाइदिन लेखेको पत्र बाहिरिएपछि उहाँको लिखित धारणा सार्वजनिक भएको हो । उपसभामुख राना पदीय हैसियतको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई सिधै पत्र लेखेपछि विवादमा तानिनुभएको छ।
टिप्पणीहरू