भेटिएका १५ मध्ये आठ शवको सनाखत, सात बाँकी
चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार भेटिएका शवमध्ये आठको सनाखत भएको छ । दुर्घटनामा परेका बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारी भारतीयको सनाखत भएको छ ।
सनाखत भएका अन्यमा माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।
बाँकी सात जनाको शव सनाखत हुन सकेको छैन ।
टिप्पणीहरू