यी हुन् टी–२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा

यी हुन् टी–२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड वुल्भ्ससँग टी–२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम आज सार्वजनिक गरेको छ । 

टी–२० सिरिज खेल्ने टोलीमा लोकेश बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी, विकाश आग्री छन् । 

त्यस्तै, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहाब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौसम ढकालले एकदिवसीय सिरिज खेल्नेछन् । 

आगामी मार्च २८, २९ र ३१ मा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीच टी–२० खेल हुनेछ । अप्रिल ३, ५ र ७ मा एकदिवसीय खेल हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

टिप्पणीहरू