आईसीसी अध्यक्ष कीर्तिपुर र मूलपानी क्रिकेट मैदान अवलोकनमा जाँदै

आईसीसी अध्यक्ष कीर्तिपुर र मूलपानी क्रिकेट मैदान अवलोकनमा जाँदै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आएका छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) को निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएको बताइएको छ ।

ग्रेगलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीरु पुगेका थिए । उनले भोलि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानको अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ । ग्रेग सन् २०२० देखि आईसीसी अध्यक्ष छन् ।

टिप्पणीहरू