नयाँ सरकार बनेसँगै क्रिकेटलाई पाँच करोड

नयाँ सरकार बनेसँगै क्रिकेटलाई पाँच करोड

आगामी मार्चमा हुने टी–२० विश्वकपको तयारीका लागि सरकारले पाँच करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इण्डिजमा आयोजनामा हुने विश्वकपको तयारीका लागि सरकारले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाल क्रिकेट संघले सरकारले गरेको आर्थिक सहयोगबारे जानकारी गराएको छ । उक्त सहयोगपछि संघले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गप्रति सामाजिक सञ्जालमार्फत् आभार व्यक्त गरेको छ । 

संघले भनेको छ, ‘संयुक्त राज्य अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने आउँदो टी–२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट अक्षरुपी पाँच करोड तयारी बजेट विनियोजन भएको छ । यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ्गज्यू नेपाल क्रिकेट संघ हार्दिक आभार व्यक्त गर्दछ ।’

टिप्पणीहरू