नेपाल–पाकिस्तान मैत्री क्रिकेट प्रतियोगितामा दर्जन टिम भिड्दै

नेपाल–पाकिस्तान मैत्री क्रिकेट प्रतियोगितामा दर्जन टिम भिड्दै

आजदेखि हुन लागेको नेपाल–पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।

दिउँसो १२ बजे पाकिस्तानी दूतावासको क्रिकेट मैदान, शंख पार्कमा हुने पहिलो खेलमा नेक्सस क्रिकेट एकेडेमी र पाकिस्तानी दूतावास क्रिकेट क्लब भिड्दैछन् । 

जम्मा १८ म्याच हुने प्रतियोगितामा भोलिदेखि बिहान साढे ८ र १२ बजे दुई खेल हुने छ । चार समूहमा तीन टोली समावेश छन् ।

प्रतियोगिताको फाइनल खेल मार्च १० तारिख आइतबार बिहान साढे ८ बजे हुने तालिका छ ।

टिप्पणीहरू