आधा दर्जन खेलाडीलाई मासिक एक लाख

आधा दर्जन खेलाडीलाई मासिक एक लाख
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान)ले छ जना खेलाडीलाई मासिक एक लाख तलब दिने भएको छ । क्यानले पुरुष र महिला खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजनिक गर्दै तलब स्केल तोकिएको जनाएको छ ।

अस्ति र आज बसेको क्यानको बोर्ड बैठकले पाँच वटा ग्रेड निर्धारण गरेको छ । 

जस अन्तर्गत ‘ए’ ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् । उनीहरुले अबदेखि मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । त्यस्तै ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा परेका छन् । उनीहरुले मासिक ७० हजार रुपैयाँ तलब पाउनेछन् । 

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् । उनीहरुले मासिक ५५ हजार तलब पाउने छन् । त्यस्तै ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । उनीहरुले मासिक ३५ हजार पाउने छन् । र इमर्जिङ क्याटोगरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् । उनीहरुले मासिक २५ हजार पाउने छन् । 

त्यस्तै १९ जना महिला पनि क्यानको वर्गीकरणमा परेका छन् । ग्रेड ‘ए’ इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर छन् । उनीहरुले मासिक ५० हजार तलब पाउने क्यानले जनाएको छ । 

ग्रेड ‘बी’ मा कविता कुँवर छिन् । उनले ३५ हजार पाउनेछिन् । ग्रेड ‘सी’ मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । उनीहरुले मासिक ३० हजार पाउनेछन् । 

ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् । उनीहरुले २५ हजार पाउनेछन् । 

र, इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, श्रृष्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविन छन् । उनीहरुले २० हजारका दरले पाउनेछन् । 

क्यानले नेपाल ए टिमको मूख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली, यू–१९ महिला टिम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने क्यानले निर्णय गरेको छ ।

टिप्पणीहरू