रुसी सैन्य विमान दुर्घटनामा मारिएका सबै युक्रेनी बन्दी

रुसी सैन्य विमान दुर्घटनामा मारिएका सबै युक्रेनी बन्दी
सुन्नुहोस्

रुसी सैन्य विमान दुर्घटनामा ६५ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहान ११ बजे भएको दुर्घटनाको कारण बताइएको छैन । तर, रुसी अधिकारीहरुले विमान दुर्घटनामा ६५ जना मारिएको जनाएका छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाले रुसी अधिकारीहरुको भनाई उद्धृत गर्दै लेखेको छ, ‘दुर्घटनाग्रस्त क्षेत्र रुस–युक्रेन सीमाना नजिकै पर्छ । विमानमा चालक दलका छ जना अन्य तीन जना थिए ।’

रुसी संसदको तल्लो सभाका सभामुखले उक्त दुर्घटना युक्रेनी सैनिकको गोली प्रहारबाट भएको आरोप लगाएका छन् । संसद बैठकमा बोल्दै उनले युक्रेनी पक्षले मानवताविरोधी कार्य गरेको बताएका छन् ।

आज दुई मुलुकबीच युद्ध भएको सात सय दिन पुगेको छ ।

टिप्पणीहरू