पार्किङ हटाएपछि यस्तो देखियो न्यूरोड (फोटोफिचर)

पार्किङ हटाएपछि यस्तो देखियो न्यूरोड (फोटोफिचर)
सुन्नुहोस्

 राजधानीको अस्तव्यस्त ठाउँमध्ये एक हो, न्यूरोड । व्यापारिक केन्द्र भएकाले यहाँ हरहमेशा भीड भइरहन्छ । सवारी जाम र सर्वसाधारणको चाप उत्तिकै हुन्छ ।

पार्किङको व्यवस्थापन नहुँदा साँघुरा सडकको किनारामै सवारी पार्क गर्ने गरिन्थ्यो । जसका कारण दुर्घटना बढ्नुका साथै शहर कुरुप बनेको थियो । यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोडका सडकमा सवारी पार्क गर्न रोक लगाएको छ । 

महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको सडकमा पार्किङ निषेध गरेको छ । पार्किङ हटाएपछि सो क्षेत्र खुल्ला देखिएको छ । 

जहिल्यै अस्तव्यस्त देखिने सडक आज फराकिलो बनेको छ । पार्किङमा रोक लगाएपछि सडक सफा देखिनुका साथै हिँड्डुल गर्न पनि सहज भएको पैदलयात्रीहरुले बताएका छन् । यता, महानगरको सवारी पार्किङ गर्न नदिने निर्णयविरुद्ध व्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रिएका छन् ।

टिप्पणीहरू