राप्रपाको चियापानमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु सहभागी (फोटोहरु)

राप्रपाको चियापानमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु सहभागी (फोटोहरु)
सुन्नुहोस्

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी भएका छन् । 

आज दिउँसो भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानाले सहभागिता जनाए । त्यस्तै, नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि चियापानमा सरिक भए । 

मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारी कर्मचारी, राप्रपा कार्यकर्तालगायतको कार्यक्रममा उपस्थिति थियो । आगन्तुक पाहुनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले मञ्चमा स्वागत गरेका थिए । 

राप्रपाले हरेक वर्ष विविध कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाउँदै आएको छ ।

टिप्पणीहरू