नेपाल प्रहरीका सई मृत फेला

नेपाल प्रहरीका सई मृत फेला

भक्तपुरमा नेपाल प्रहरीका एक सई मृत फेला परेका छन् । 

प्रहरी प्रधान कार्यालय गण नं.१ नक्सालमा कार्यरत भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल टौखेलका ४४ वर्षीय बालकृष्ण उपाध्यक्ष घिमिरे मृत भेटिएका हुन् । 

उनी आज बिहान ७ गते आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जगातीबाट खटिएको अनुसन्धान अधिकृतसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू