जहाज चढ्नै लागेकी बिदेशी महिलाको हातेझोलामा अचानक आगो लागेपछि...

जहाज चढ्नै लागेकी बिदेशी महिलाको हातेझोलामा अचानक आगो लागेपछि...
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।

एअर चाइनाको उडान नम्बर ४३८ मा काठमाडौंबाट छङ्तुको तियान्फू एअरपोर्टतिर  26 जे सीटमा जान लागेकी चिनियाँ नागरिक चिङ्ग सियानको ह्याण्डब्यागमा ११ बजेतिर आगो लागेको हो । 

बोर्डिङ पास लिएर प्रतिक्षालयमा बसिरहेकी उनको ह्याण्डब्यागमा अचानक आगो लागेपछि तत्काल नियन्त्रणमा लिइएको छ । ब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको जनाइएको छ । सामान्यतया यात्रामा पावर बैंक बोकेर हिंड्ने अनुमति दिने गरिन्न ।

टिप्पणीहरू