महामारीपछिको कम्बोडियाको वाटर फेस्टिभल (फोटो फिचर)

महामारीपछिको कम्बोडियाको वाटर फेस्टिभल (फोटो फिचर)
सुन्नुहोस्

तीन वर्षपछि आयोजित कम्बोडियाको वाटर फेस्टिभल सम्पन्न भएको छ । कोरोना महामारीपछि रोकिएको उक्त फेस्टिभल यो वर्षदेखि पुनः मनाउन थालिएको हो ।

यो कम्बोडियाको सबैभन्दा ठूलो पर्व हो । तीन दिनसम्म मनाइने यो पर्वमा डुंगा दौडाइन्छ । 

राजधानी नोमपेन्हको रिभरफ्रन्टमा ३३७ डुंगा सहभागी भएका थिए । कम्बोडियाका राजा नोरोदोम सिहामोनी, प्रधानमन्त्री हुन मानेटले डुंगा दौडको अवलोकन गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

पर्वमा सहभागी ३३७ डुंगा दौडाउन २० हजार ४१७ जनाको सहभागिता थियो । 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू