भेटअघि सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष (फोटो फिचर)

भेटअघि सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष (फोटो फिचर)

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच दिउँसो सिंहदरबारमा भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुराकानी भएको हो ।

भेट रेट्रोफिटिङ (सबलीकरण) पछिको सिंहदरबारको मुख्य भवनमा रहेको प्रधानमन्त्रीको कार्यालयमा भएको थियो । त्यसअघि एमाले अध्यक्ष ओलीलाई २०७२ सालको महाभूकम्पपछि जीर्ण बनेको सिंहदरबारलाई सबलीकरण गरेपछिको भाग देखाइएको थियो ।

सो क्रममा मुख्यसचिव बैकुण्ठ अर्याललगायत सँगै हुनुहुन्थ्यो ।

टिप्पणीहरू