राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटाको सवारी दुर्घटनामा निधन

राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटाको सवारी दुर्घटनामा निधन
सुन्नुहोस्

रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देवकोटासहित दुई जनाको ज्यान गएको छ । 

देवकोटासहित तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी यादा क्षेत्रीको सवारी दुर्घटनामा आज दिउँसो निधन भएको बताइएको छ । शंकरनगरबाट मोटरसाइकलमा मणिग्राम जाँदै गरेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलामा सहभागी हुन लु.४९ प २२३० नम्बरको मोटरसाइकलमा जाँदा ना.६ ख ८१६१ ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । 

हाल दुवैको शव अस्पतालमा राखिएको छ । तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्षसमेत रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुन् ।

टिप्पणीहरू