कोकिन बोकेर आएकी भारतीय महिलाको परिचय खुल्यो, प्रहरी अनुसन्धान जारी

कोकिन बोकेर आएकी भारतीय महिलाको परिचय खुल्यो, प्रहरी अनुसन्धान जारी

कतारको दोहाबाट काठमाडौं आएकी भारतीय महिला कोकिनसहित पक्राउ परेकी छन् । उनको साथबाट दुई केजी कोकिन फेला परेको छ । 

हिमालयन एयरको उडान नम्बर एच९५६४ मा दोहाबाट बिहान १० बजे काठमाडौं विमानस्थल उत्रिएकी महिला किम्रो साँगी हुन् । भारतीय राहदानी १४०४५८६ वाहक उनी आसामको गुहावटी निवासी हुन् । 

३१ वर्षीया किम्राले कालो सुटकेसभित्र कालो पोलिथिनलेल बेरेर दुई केजी कोकिन ल्याएको प्रहरीको भनाई छ । उनलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले विशेष सुराकीको आधारमा भन्सार एरियाबाट नियन्त्रणमा लिएको हो । 

उनलाई ब्यूरोको कोटेश्वरस्थित हिरासतमा राखेर थप अनुसन्धान गर्न लागिएको छ । उनले प्रहरीलाई आफू इथियोपियाको राजधानी अदिसअबाबाबाट कतार एअरवेजको उडानमा दोहा आएको बताएकी छन् । त्यसपछि कतार एअरवेजको उडान छाडेर काठमाडौं आउन उनले हिमालय एयरलाइन्सको उडान रोजेकी हुन् ।

टिप्पणीहरू