बझाङका मोतीलाल चरेशसहित धनगढीबाट पक्राउ

बझाङका मोतीलाल चरेशसहित धनगढीबाट पक्राउ
सुन्नुहोस्

कैलालीमा लागूऔषधसहित एक जना समातिएका छन् । प्रहरीले चरेशसहित बझाङका ६१ वर्षीय मोतीलाल बोहरालाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरी टोलीले ८ सय ८० ग्राम चरेशसहित गएराति उनलाई नियन्त्रणमा लिएको बताइएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू