लाखौँको सुनसहित उत्तरी नाकाबाट तीनजना पक्राउ

लाखौँको सुनसहित उत्तरी नाकाबाट तीनजना पक्राउ

रसुवामा लाखौं मूल्य बराबरको अवैंध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तोला सुनसहित प्रहरीले तीन जनालाई समातेको हो । 

पक्राउ पर्नेहरुमा आमाछोदिङ्मो गाउँपालिका–१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तामाङ, सोही गाउँपालिका–५ चिलिमेका १६ वर्षीया किशोरी र सोही गाउँपालिका–४ का २३ वर्षीया लक्ष्मी तामाङ रहेकी छन् । 

चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई रसुवागढी नाकामा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको बताइएको छ ।
 
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू