विश्व हिन्दु परिषद्ले गौपुराण ज्ञान महायज्ञ गर्ने, भोलि शोभायात्रा

विश्व हिन्दु परिषद्ले गौपुराण ज्ञान महायज्ञ गर्ने, भोलि शोभायात्रा

विश्व हिन्दु परिषद् नेपाल बागमती प्रदेशले श्रीमद गौपुराण ज्ञान महायज्ञ गर्ने भएको छ । गोपाष्टमीको शुभ मुहुर्तमा श्रीमद गौपुराण ज्ञान महायज्ञको आरम्भ गर्ने जानकारी दिँदै परिषद्ले भोलि गौमाताको शोभायात्रा आयोजना गर्ने बताएको छ । 

परिषद् अध्यक्ष देवराज अधिकारीले भोलि गौमाताको शोभायात्रा तथा गोपाष्टमीको शुभ मुहुर्तमा श्रीमद गौपुराण ज्ञान महायज्ञको आरम्भ गरी मंसिर ११ गते समापन हुने कार्यक्रम रहेको बताए । यसबाट पहिलो पटक नेपाली भाषामा गौपुराणको प्रकाशन गरी जनसमक्ष पुर्याउने प्रयास भएको जानकारी दिए । 

यसपछि मुलुकका सबै जिल्लामा गौपुराणको आयोजना गरी मुलुकभर गौपालन, गौसेवा तथा गौमहत्वको बारेमा जनचेतना फैलाउने उनले बताए ।

टिप्पणीहरू